काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यस कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा २ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ ।
त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा चैत ७ गतेसम्म आवेदन भर्न पाइनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
यो आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरका लागि आवेदन दिन सकिनेछ । यसमा एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सको आईपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
इक्रा नेपालले २०८१ भदौ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ भदौ ५ गतेसम्म कायम रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०८१, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आजबाट आवेदन खुला
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट
क्रेस्ट माइक्रो लाइफको आईपीओ आजबाट बिक्री खुला
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
दुई कम्पनीको आईपीओ आउँदै
रिलायन्स स्पिनिङको आईपीओ असार २७ देखि खुल्ने