पिएसजीविरुद्ध लिभरपुललाई साँघुरो अग्रता

एजेन्सी

विहीबार, २२ फागुन २०८१, ०९ : २०
पिएसजीविरुद्ध लिभरपुललाई साँघुरो अग्रता

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा लिभरपुलले संघर्षपूर्ण अग्रता बनाएको छ। पिएसजीको मैदानमा भएको पहिलो लेगमा लिभरपुल पूर्ण रुपमा निरीह रहेको थियो। खेल अवधिभर पिएसजीले दबाबमा राखेपनि अन्तिम समयमा लिभरपुलले गोल गर्दै खेलमा १-० को जित निकाल्यो।

अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा लिभरपुलविरुद्ध घरेलु टोलीले २७ सट प्रहार गरेको थियो। जसमा लिभरपुलका गोलरक्षक एलिसनले ९ वटा उत्कृष्ट सटहरुको बचाउ गर्दै टिमलाई गोलखानबाट अन्तिम समयसम्म बचाइ रहे। गोलरक्षक एलिसनले खेलपछि आफूले जीवनकै उत्कृष्ट प्रदर्शन गरेको बताए।

तर, लिभरपुलले खेलको दोस्रो सट ८७ औं मिनेटमा प्रहार गरेको थियो। जुन गोलमा परिणत हुँदा १-० को अग्रता बनायो। हर्वी इलियटले टिमा लागि विजयी गोल गरेका थिए।

त्यसअघि पहिलो हाफमा काभरास्टखिलियाले गरेको गोल भिएआरले अमान्य अपसाइड घोषित गर्दा संभावित अग्रताबाट पिएसजी विमुख भएको थियो। अब अर्को मंगलबार लिभरपुलको मैदानमा दोस्रो लेगमा यी दुई टिमबिच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस