जनकपुरधाम । जनकपुरधामस्थित मधेश भवनमा रहेको मधेश सहिद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला परेका छन् । सदस्य यादव आज बिहान आफ्नै निवासको ओछ्यानमै मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।
मृत फेला परेका यादव ओछ्यानमा बान्ता गरेका छन् । डीएसपी सिंहले शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको बताए । उनले मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १२ : ५४
लेखकबाट थप