काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागूपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् । शनिवारबाट नेपाल प्रहरीले सुरु गरेको लागूऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले तीन तहकै सरकारले लागूऔषधबिरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए ।
उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताए । पालिका र वडा—वडा स्तरबाट लागूऔषधबिरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । ६ महिनामा लागूऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन उनले आग्रह गरे । समग्र राष्ट्रलाई नै केही समयभित्र लागूपदार्थ मुक्त राष्ट्रका रूपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागूऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गरे ।
गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मुल कारण लागूऔषध रहेको बताए । अपराध नियन्त्रणका लागि लागूऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गरे । लागूऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पुर्याउन जरुरी रहेको उनले बताए । लागूऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर उनले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०८१, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाेकतन्त्रकाे विकल्प खाेज्नु मुलुकलाई संकटमा धकेल्ने काम हाे : गृहमन्त्री लेखक
शंकर पोखरेल र वर्षमानको संवादले गठबन्धनमा समस्या छैन : गृहमन्त्री लेखक
सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक
नेपाली भूमि भारतीयले भोगचलन गरिरहेकोबारे कूटनीतिक पहल भइरहेको छ : गृहमन्त्री लेखक
विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छ: गृहमन्त्री लेखक
संविधान संशोधन सबै दलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक