काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । भोलि शुक्रबार साँझ बालुवाटारमा बस्नेगरी प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। प्रधानमन्त्रीको सचिवालयले पछिल्लो केही दिनयता सत्तारूढ दलको छलफल राम्रोसँग हुन नसकेकोले बैठक बस्ने जनाएको छ ।
‘नियमितजस्तै संयन्त्रको बैठक बस्दै आएको थियो । बीचमा कार्यदल पनि बस्थ्यो । तर, पछिल्लो समय गृहमन्त्री र परराष्ट्रमन्त्रीको व्यस्तताले प्रभावकारी छलफल भएको छैन’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘संसद्मा धेरै विधेयकका विषय छन् ।
कार्यदलस्तरमा पनि छलफल भइरहेको छ । यीसहित सरकारका कामकारबाही, संसद्का विषयमा छलफल गरौं भनेर बस्न खोजिएको हो ।’
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि मंगलबार साँझ ५ बजे संयन्त्रको बैठक बोलाइएको जानकारी दिए । ‘प्रधानमन्त्री, हाम्रो सभापतिसहित संयन्त्र, कार्यदल, प्रमुख सचेतकसहितलाई बोलाइएको छ’, घिमिरेले भने, ‘सरकार र संसद्का नियमित कामबारे छलफल हुने जानकारी छ ।
पछिल्लो समय सत्तारुढ दलहरू ६ वटा अध्यादेश पारित गर्न राष्ट्रियसभामा बहुमत नपुगेर अप्ठ्यारोमा परेका छन् । सरकारले अध्यादेश ल्याए पनि राष्ट्रियसभामा बहुमत नपुगेपछि प्रतिनिधिसभामासमेत प्रस्तुत गरिएको छैन । प्रमुख सचेतक घिमिरले बैठकमा यो विषयमा पनि छलफल हुने बताए ।
‘अध्यादेशका विषयमा त्यस्तोगरी एजेण्डा नै राखेर छलफल गर्ने विषय छैन’, घिमिरेले भने, ‘तर, शीर्ष तहका नेताबीच छलफल भएपछि अब कसरी अगाडि बढ्ने भनेर केही न केही छलफल होला ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री