काठमाडौं। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेको बताएका छन् ।मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको अनौपचारिक भेटघाटमा मन्त्री सिंहले यस्तो बताएका हुन् । उनले सरकारमा जानका लागि मात्र यो सरकार नबनेको दाबी गरे ।
आशा निराशामा परिणत हुँदै गइरहेकाले संसद्को सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार गठन गरेको कुरा तपाईंहरूलाई थाहा नै छ,’ सिंहले भने, ‘सरकारमा जानका लागि मात्र यो गठबन्धन बनेको होइन ।
संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले यो सरकारको औचित्यका बारेमा धेरै कुरा बताइसक्नुभएको छ । सरकारले केही न केही त गर्नैपर्यो भन्ने यसको राजनीतिक सन्देश हो।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयले शहरलाई बस्न योग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि बताए । शहरी विकास मन्त्रालयको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो ।
देशैभरका शहरमा रहेको कनेक्टिभिटीको समस्या, फोहोरमैला व्यवस्थापनको समस्या, खुला जग्गाको अभाव लगायतका विषयमा ध्यान दिने उनले बताए ।
मन्त्रालयले शहरी विकास र व्यवस्थापनसम्बन्धी नीति आवश्यकताअनुसार समायसापेक्ष बनाउने पनि सिंहको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह
नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको छ : उपप्रधानमन्त्री सिंह