काठमाडौं । हमासले शव हस्तान्तरण गरेपछि इजरायलले प्यालेस्टिनी कैदीहरुलाई मुक्त गर्न सुरु गरेको छ । वेस्ट बैंकबाट प्यालेस्टिनीहरु मुक्त गरिँदा उनीहरुका आफन्तहरुले खुसियाली मनाएको देखिन्छ ।
युद्धको क्रममा मारिएका ४ इजरायलीको शव हमासले हस्तान्तरण गर्ने र त्यसको बदलामा ६ सय २५ प्यालेस्टिनीलाई इजरायलले मुक्त गर्ने सहमति भएको थियो ।
इजरायलले मुक्त गरेका प्यालेस्टिनीहरुलाई भेट्नेहरुको ठूलो भिड जम्मा भएको देखिन्छ । तर मुक्त भएकाहरु कोको हुन् र कहिलेसम्म कति जना प्यालेस्टिनी मुक्त भए भन्ने खुलिसकेको छैन ।
बीबीसीका अनुसार इजरायली अधिकारीहरुले वेस्ट बैंकको रामाल्लाह कल्चरल प्यालेसबाट प्यालेस्टिनीहरुलाई मुक्त गरेका छन् । उनीहरुलाई रेडक्रसले बसमा राखेर घरसम्म पुर्याउने व्यवस्था मिलाएको छ ।
हमासले युद्धमा मारिएका चार जनाको शव पनि रेडक्रसलाई जिम्मा लगाएको थियो । उनीहरु ४९ देखि ८५ वर्ष उमेर समूहका छन् ।इजरायल र हमासबीच सन् २०२५ को जनवरी १५ मा युद्धविराम सहमति भएको थियो । युद्धविराम कार्यान्वयन भने जनवरी १९ देखि भएको थियो ।
युद्धविरामका तीन चरण अन्तर्गत पहिलो चरणमा बन्दीहरु रिहाइको काम भइरहेको छ । पहिलो चरण १ मार्चमा समाप्त हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ युद्धविराम प्रस्तावमा हमास सहमत
हमासले सत्ता त्याग्नुपर्ने माग गर्दै गाजामा विशाल विरोध प्रदर्शन
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
हमास युद्ध विरामका लागि दोहामा वार्ता हुँदै
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने
हमासलाई ट्रम्पको चेतावनी- ‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’