काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ ।
फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ ।
बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक बिहान ११ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैत्र मसान्तसम्म स्थानीय तहको अधिवेशन सक्ने जसपा नेपालको तयारी
नेपाल फाट्फको ग्रे लिस्टमा पर्नु दुर्भाग्यपूर्ण : जसपा नेपाल
पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल
सरकार असफल भएको जसपा नेपालको निष्कर्ष
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्दै जसपा नेपाल