सरकारले संसद्‍मा बलमिच्याइँ गर्न खोज्यो : सांसद शर्मा

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १५ : १८
सरकारले संसद्‍मा बलमिच्याइँ गर्न खोज्यो : सांसद शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले संसद्‍मा बलमिच्याइँ गर्न खोजेको आरोप लगाएकी छन् ।  प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले संसदीय समितिबाट पारित भएको विधेयक समेत मन्त्रीले संशोधन गरेको आरोप लगाएकी हुन् ।

उनले सरकारले संसद्‍मा विचाराधीन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरूमा समितिको बैठक राख्ने गरेको बताइन् । उनले भनिन्, ‘संसदीय समितिबाट पारित विधेयक मन्त्रीबाट संशोधन हुन्छ ।

संसद्‍मा विचाराधीन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुन्छ, मन्त्रीका होटेलहरूमा समितिका बैठकहरू आयोजना गरिन्छन् ।

उनले थपिन्, ‘प्रश्नोत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र होइन सभामुख महोदय प्रतिपक्षी दलका नेताहरूले सोधेका प्रश्नहरूको जवाफ सरकारले हैन पनि सत्तारुढ दलका सांसदहरूले दिनुहुन्छ । यस प्रकारको गतिविधि रोकिनुपर्छ । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्ले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्छ ।'

प्रतिक्रिया दिनुहोस