सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा : सांसद राणा

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १५ : ११
सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा : सांसद राणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. उदय समशेर राणाले सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा परेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राणाले फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारी रहेको जिकिर गरेका हुन् ।

उनले भने, ‘फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको छ । विशेष गरेर मनि लाउण्डरिङ र सम्पत्ति शुद्धीकरणको विषय केन्द्रित हो । नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारीको कारण हो । सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत कहाँबाट आयो भन्ने खोजिँदैन ।

अहिले हामीले नेपालमा बैंकलाई कसी कसी गर्ने र सहकारीलाई खुला गर्ने गर्दा पनि यो समस्या आएको हो ।उनले सहकारीलाई नियमन गर्नको निम्ति पनि सरकारले क्षमता बढाउन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस