सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १३ : ४१
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले केपी शर्मा ओली नेतृत्वको सरकारले  प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौँ महानगरपालिकालाई बन्धक बनाएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा सांसद शाहीले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सरसफाइकर्मी र शिक्षक र कर्मचारीले पारिश्रमिक पाउन नसकेको बताए ।

नयाँ आएका नगर प्रमुखलाई असहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत नपठाउनुभन्दा आगामी स्थानीय तहको निर्वाचनमा निर्वाचन नगरी आफ्ना कार्यकर्तालाई अबिर जात्रा गरी नगरप्रमुखको रूपमा पदभार ग्रहण गर्ने व्यवस्था गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस