काठमाडौं। नेपाली सेनाले युनिटी जर्नलको छैटौँ संस्करण प्रकाशित गरेको छ । २६२औँ वार्षिक उत्सवका अवसरमा सेनाले खुल्ला सामरिक लेख/रचना प्रतियोगिता-२०८१ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण सोमबार प्रकाशित गरेको हो ।
प्रधान सेनापति महारथी अशोकराज सिग्देलले जर्नल विमोचन गरेका हुन् ।राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका सामरिक विषयहरूमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी युनिटी जर्नल प्रकाशन गरिएको सेनाले जनाएको छ ।
खुल्ला सामरिक लेख/रचना प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने लेखकहरू क्रमश: सहायक रथी माधव थापा, महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई प्रधान सेनापति सिग्देलले जंगी अड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदर पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रधान सेनापतिले उक्त जर्नलका मूल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यहरूका साथै लेखकहरूलाई कदर पत्र प्रदान गरेका थिए ।
विमोचन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, प्राध्यापक वर्ग, रथीवृन्द, विषय विज्ञ तथा सम्पादक मण्डल, लेखकहरूलगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १० : ५०
लेखकबाट थप