काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, मन्त्री पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने तथा उक्त विधेयक प्रस्तुत गर्ने छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज बस्दै
प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तरको तयारी
प्रतिनिधिसभाबाट पारित दुई प्रतिस्थापन विधेयक शुक्रबार राष्ट्रियसभामा पेस गरिने