अभिनेता दिलीप रायमाझीलाई पितृशोक

सफल खबर संवाददाता

शनिबार, १० फागुन २०८१, १२ : ५१
अभिनेता दिलीप रायमाझीलाई पितृशोक

काठमाडौँ । अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ।  उनका बुबा आनन्दकुमार रायमाझीको गएराति कीर्तिपुर अस्पतालमा निधन भएको हो। 

७८ वर्षका उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाडौँ आइपुगेका थिए। 

दिलीपका बुबाको पार्थिव शरीरलाई आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।

प्रतिक्रिया दिनुहोस