काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित गरिएको हो ।
पार्टीका उपमहासचिव रामकुमार भट्टराईका अनुसार बैठक भोलि बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा बस्ने छ ।नेकपा एसले सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको पनि बताए ।
सापकोटाको गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाट दाहसंस्कार गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक
ओली र पोखरेलको प्रतिवेदन पारित गर्दै एमाले बैठक समापन
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने
नेकपा एस केन्द्रीय कमिटी बैठक: महाधिवेशनमा पेस गर्ने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु