तेल अभिभ । हमासले इजरायललाई चार जनाको बन्धकको शव हस्तान्तरण गर्न लागेको छ । हमासका एक शीर्ष अधिकारीले चार इजरायली बन्धकहरूको शव बिहीबार फिर्ता गरिने बताएका हुन् ।
समूहले छ जना जीवित इजरायली बन्धकहरूलाई शनिबार रिहा गर्ने बताइएको छ । इजरायलले गाजा पट्टीमा भग्नावशेष हटाउने उपकरणहरू लैजान अनुमति दिएपछि बन्धकहरूको रिहाइ नाटकीय रूपमा अगाडि बढेको हो ।
शव हस्तान्तरण गरिने मृतकहरूमा बिबास परिवारका सदस्य पनि भएको हमासका नेता खलील अल–हय्याले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन् । २०२३ को अक्टोबर ७ मा भएको आक्रमणमा हमासले बन्धक बनाएर लगेकाहरूमा सो परिवारको महिला शिरी र उनको दुई सन्तान कफिर र एरियल पनि थिए । त्यतिबेला यी दुईको उमेर क्रमशः ९ महिना र ४ वर्षको थियो ।
इजरायलले गरेको बमबारीमा यी तीन जनाको मृत्यु भएको हमासले बताएको छ । इजरायलले भने यसको पुष्टि गरेको छैन । यी बच्चाहरूको पिता यार्देनलाई भने हमासले यो महिनाको सुरुमा रिहा गरेको थियो ।
हमासले यस अघि शनिबार तीन जना जिउँदा बन्दीलाई मात्रै रिहा गर्ने बताएको थियो । तर अब भने यसको दोब्बर पारिएको छ । बन्धक तथा हराएको परिवार मञ्चले मंगलबार बताएअनुसार रिहा गरिने छ जना जीवित बन्धकमा एलिया कोहेन, ताल शोहम, ओमर शेम तोभ, ओमर वेन्कर्ट, हिशाम अल–सयद र अवेरा मेंगिस्टु रहेका छन् ।
यसको बदलामा इजरायलले भने गएको अक्टोबरयता पक्राउ गरेको सबै महिला र १९ वर्षभन्दा कम उमेरका पुरुषहरू सबैलाई रिहा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ युद्धविराम प्रस्तावमा हमास सहमत
हमासले सत्ता त्याग्नुपर्ने माग गर्दै गाजामा विशाल विरोध प्रदर्शन
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
हमास युद्ध विरामका लागि दोहामा वार्ता हुँदै
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने
हमासलाई ट्रम्पको चेतावनी- ‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’