काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरूलाई सरकारले जारी गरेका अध्यादेशमा रहेका कन्टेन्ट रहेका विषयमा आपत्ति रहे प्रतिस्थापन विधेयकमार्फत सच्याउन सकिने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबार विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले अहिले कानुन निर्माणको प्रक्रियामा पुग्नलाई स्वीकृत गर्न सहयोग गर्न आग्रह गरे ।
‘अध्यादेशमा रहेका केही कन्टेन्टमा आपत्ति रहेमा प्रतिस्थापन विधेयकमार्फत केही कुरा सच्याउन सकिन्छ,’ घिमिरेले भने, ‘अध्यादेश ल्याउने विषय संविधानमै व्यवस्था छ । संसद् छलेर अध्यादेश ल्याउने होइन, अध्यादेश कानुन बन्न सांसदमै आउनुपर्छ । त्यसमा सच्याउन हामी तयार छौँ ।’
उनले सरकारले ल्याएका ६ अध्यादेशमा कोकोहोलो मच्चाउनुपर्ने कारण नभएको बताए ।माओवादीले अध्यादेश ल्याउँदा कांग्रेसले प्रमुख प्रतिपक्षी हुँदा खुल्ला दिलले सहयोग गरेको बताउँदै उनले प्रतिपक्षी हुँदा सरकारका सबै काममा विरोध गर्नुपर्छ भन्ने नहुने बताए ।
उनले प्रतिपक्षीलाई अध्यादेश एक मतमा पारित गर्न आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, १५ : २९
लेखकबाट थप