काठमाडौं। वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका-४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बस्ने ३२ वर्षीया शर्मिला विष्ट रहेकी छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली टेकुबाट पक्राउ गरेको हो ।अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शर्मिलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइन जुवा खेलाएको आरोपमा ११ जना भारतीय नागरिक पक्राउ
१ सय ५ किलो गाँजासहित अटो चालक पक्राउ
नक्कली प्रहरी बनेर गरगहना लुटे, बिक्री गर्न खोज्दा प्रहरीकै फन्दामा परे
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ
अवैध लागु औषधसहित ५ जना पक्राउ
माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ