फ्ल्यास मोब शैलीमा सार्वजनिक गरियो ‘बुलबुल’को पहिलो गीत

सफल खबर संवाददाता

शुक्रबार, १६ कार्तिक २०७५, १७ : ४२
फ्ल्यास मोब शैलीमा सार्वजनिक गरियो ‘बुलबुल’को पहिलो गीत

काठमाडौं । चलचित्र ‘बुलबुल’को पहिलो गीत सार्वजनिक भएको छ । ‘खुद्राखुद्री’ बोलको गीतलाई फ्ल्यास मोब शैलीमा सार्वजनिक गरिएको हो । देशभर पाँच स्थानमा एकसाथ सडकमा कलाकार नचाएर निर्माण युनिटले चलचित्रको गीत रिलिज गरिएको छ ।

निर्माण युनिटले काठमाडौंको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र विर्तामोडको हनुमान कम्प्लेक्सबाट फ्ल्यास मोब शैलीमा गीत रिलिज गरेको हो । 
आज मध्यान्ह काठमाडौं मलमा अभिनेत्री स्वस्तिमा खड्का सहितको टोलीले फ्ल्यास मोब शैलीमा नृत्य गरेका गीत सार्वजनिक गरे । निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको गीतमा शब्द तथा संगीत कोशिस क्षेत्रीको रहेको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । 

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा स्वीस्तमा खड्का र अभिनेता मुकुन भुसालको अभिनय रहेको छ । यसमा झन्डै १८ लाख खर्च भएको निर्माण पक्षले जनाएको छ । 

विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस