काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० सांसदले प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीलाई १० सांसदले प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई प्रकाश ज्वाला, प्रतीक्षा तिवारी, प्रतिमा गौतम, वर्षमान पुन, प्रकाश शरण महत, प्रभु हजरा, प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रभु साहले प्रश्न गरेका हुन् ।
जवाफमा प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको बताए । कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दुध विक्री रकम यथाशीघ्र भुक्तानी गर्न निजी डेरीहरुलाई निर्देशन दिएको पनि बताए ।
यस्तै प्रधानमन्त्री ओलीले तराई मधेसका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको बताए । सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठुला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर रहेको उनले बताए । उनले चालु आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपलब्धिहरूलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढौँ: प्रधानमन्त्री
स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह
बजेट तयारीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीले आज मधेस प्रदेश सभालाई सम्बोधन गर्ने
शिक्षकका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री
थाइल्यान्ड भ्रमण सकाएर नेपाल फर्कँदै प्रधानमन्त्री ओली