बाराको सुधार केन्द्रमा युवकको हत्या, ७ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०२ फागुन २०८१, १४ : ३४
बाराको सुधार केन्द्रमा युवकको हत्या, ७ जना पक्राउ

काठमाडौं। बाराको एक सुधार केन्द्रमा रहेका युवकको हत्या भएको छ । शुक्रबार बिहान २ बजे कलैया उपमहानगरपालिका–१ भवानिपुरमा रहेको नवजन्म सुधार केन्द्रमा कलैया रामपुर टोलका ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।

केन्द्रमा  विवाद हुँदा  मण्डलमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले बताए ।

 

 

 

 

 

उनका अनुसार मण्डल विगत १५ दिनदेखि उक्त सुधार केन्द्रमा बस्दै आएका थिए । राति कुटपिटबाट घाइते भएका उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी तामाङले बताए ।प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैयाका सरफराज मन्सुरी, निरज सर्राफ, महमद आशु मियाँ शेख, अरुण सर्राफ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता छन् ।

 

 

प्रतिक्रिया दिनुहोस