जनकपुर । धनुषाको मिथिलामा स्कुटर दुर्घटना हुँदा एकजना शिक्षकको मृत्यु भएको छ।
मधेस प्रदेश ०२-००७ प ५०२० नम्बरको स्कुटर दुर्घटना हुँदा मिथिला नगरपालिका–४ पुष्पलपुर घर भएका पूर्णबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। विश्वकर्मा स्थानीय राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक थिए।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार सोमबार राति जनकपुरबाट ढल्केबरतर्फ आउँदै गर्दा मिथिला नगरपालिका–२, नक्टाझिजमा उनी दुर्घटनामा परेका प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।
शिक्षक विश्वकर्मा सवार स्कुटरलाई ठक्कर दिएको आशंकामा प्रहरीले बा. १८ च. ८७६८ नम्बरको स्कोर्पिओ गाडी नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको प्रदर्शन सकियो
विद्यार्थी भर्ना अभियान प्रचारप्रसारमा हिँडेका शिक्षकको मृत्यु
शिक्षक आन्दोलनप्रति रामकुमारीको टिप्पणी- रमिता बढी भयो, अब स्कूल फर्किनुस्
१६औँ दिनपनि शिक्षक आन्दोलन जारी
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित
नयाँ बानेश्वरमा शिक्षकहरूले दिए धर्ना