विधायन व्यवस्थपनसहित तीनवटा समितिको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, २९ माघ २०८१, ०८ : ३२
विधायन व्यवस्थपनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद राष्ट्रियसभा अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ ।

यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस