कोठा नम्बर ४०७ मा ​खानेपानीमन्त्रीको नयाँ कार्यकक्ष​

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०८१, १५ : ५४
कोठा नम्बर ४०७ मा ​खानेपानीमन्त्रीको नयाँ कार्यकक्ष​

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादव आजदेखि नयाँ कार्यकक्षमा सरेका छन् ।शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा उनको कार्यकक्ष जलेर पूर्ण क्षति भएको थियो । मन्त्री यादवले अस्थायी रूपमा नयाँ कार्यकक्षबाट कामकाज शुरू गरेका उनको स्वकीय सचिवालयले जनाएको छ ।

 

 

 

 

 

खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम शुरू गरिएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए ।

उनले भने, 'शनिबार आगलागी भएर मन्त्रीज्यूको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुगेको छ । अहिले मर्मतको कार्य भइरहेकाले अस्थायी रूपमा नयाँ कार्यकक्ष स्थापना गरी सेवा प्रवाह शुरू गरिएको छ ।'

 

 

मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अत्यावश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ । आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा भएका दुई वटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सी, कार्पेट, सिसी क्यामेराको मनिटरलगायत सामग्री नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस