काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तका कारण हिमनदीहरुमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविधुतमा असर गरेको बताएका छन्।
आज विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल सोफेनद्वारा यहाँ आयोजित दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानीु विषयक गोष्ठीमा बोल्दै मन्त्री यादवले जलवायु परिवर्तका कारण हिमनदीहरुमा परेको प्रभावले खानेपानी, कृषि, जलविधुतमा असर गरेकाले हिमनदीको संरक्षण गर्न जरुरी भएको बताए।
उनले भने पानी जीवनको आधार हो। पानी बिना कुनै पनि जीवित प्राणीको अस्तित्व सम्भव छैन। यसर्थ हिमनदीको संरक्षण गर्न जरुरी छ। नेपाल सरकार खानेपानी मन्त्रालय संविधानले प्रत्याभूत गरेको मौलिक हक अनुसार स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्न कटिबद्ध रहेको समेत मन्त्री यादवले प्रतिबद्धता जनाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ चैत्र २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु : मन्त्री यादव
कोठा नम्बर ४०७ मा खानेपानीमन्त्रीको नयाँ कार्यकक्ष
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन