काठमाडौँ । प्रतिनिधि सभाको बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ बज्न लाग्दा समेत बस्न सकेको छैन ।
विशेष कारण बस बैठकको समय सरेको संघीय संसद सचिवालयका प्रवक्ता (सहसचिव) एकराम गिरीले जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभाको बैठक आजै केही समयमा बस्ने छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको एकसट्टिऔँ वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने लगायतका अन्य कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले बताए । यसैबिच राष्ट्रिय सभाको बैठक भने अहिले जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक : शून्य समयमा कसले के भने ?
प्रतिनिधि सभा बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने
७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न कांग्रेस सांसद खतिवडाको माग
प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित
प्रतिनिधि सभा बैठक सुरु
सरकारले संसद छलेर ल्याएको अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नुहुन्छ : सांसद गौतम