काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट, १३ जना घाइते

सफल खबर संवाददाता

विहीबार, २४ माघ २०८१, १० : ३९
काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट, १३ जना घाइते

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट भएको छ ।

 ग्यास सिलिन्डर विस्फोटका क्रममा कम्तीमा पनि १३ जना घाइते भएको प्रहरीले जनाएको छ । कमलपोखरीको सानदार मःम पसलमा विस्फोट भएको प्रहरीले जनाएको छ ।

उक्त पसलमा जम्मा १४ जना कार्यरत रहेको र एकजना बाहिर निस्किएका थिए ।

एकजनाको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाउने तयारी गरिएको छ । बाँकी १२ जनालाई हिमाल अस्पतालमा पुर्‍याइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

ग्यास कसरी लिक भएको थियो भन्ने विषयमा अनुसन्धान थालिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस