चितवन । हिरो मोटोकर्पको एक्स्ट्रिम सिरिजका दूई नयाँ मोटरसाइकल चितवनको बजारमा भित्रिएको छ । यूरो मोटर्स चितवनले एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर चितवनमा लञ्च गरेको हो ।आइतबार साँझ नारायणगढको नारायणी नदी किनारमा भव्य कार्यक्रमकाबीच उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले ती मोटरसाइकल सार्वजनिक गर्नुभएको हो ।
सो क्रममा बोल्दै श्रेष्ठले चितवनमा एक्स्ट्रिम सिरिजका नयाँ मोटरसाइकलले राम्रो बजार लिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा चर्चित गायक निशान भट्टराई लगायत अन्य कलाकारले आफ्नो प्रस्तुतिबाट मनोरञ्जन प्रदान गरेका थिए ।
हिरो मोटोकर्पले एक्स्ट्रिम रेंज मार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकतालाई पुरा गर्ने उद्देश्य लिएकोे छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने कम्पनीले विश्वास लिएको छ ।
एक्स्ट्रिम १६० आर फोरभी प्रोको मूल्य तीन लाख ८४ हजार ९००, तथा एक्स्ट्रिम १२५ आर सीबीएस भेरियन्टको दुई लाख ८९ हजार ९०० र एबीएस भेरियन्टको तीन लाख ११ हजार ९०० तोकिएको छ ।
यी दुबै मोडेलका नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।
एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको योरो मोटार्सका प्रवन्ध निर्देशक सन्तोष भट्टराईले जानकारी दिनुभयो । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको भट्टराईले बताउनुभयो ।
यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ । १२०÷८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा प्रदान गर्दछ । फ्ल्याट ह्यान्डलबारले दैनिक तथा रोमाञ्चक यात्रा, दूबै अवस्थामा सहजताको सुनिश्चितता प्रदान गर्नेछ ।
सुरक्षाका लागि, यसमा सिङ्गल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छन् । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।
फायरस्टोर्म रेड, कोबाल्ट ब्लु, र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङका विकल्पहरूमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरू र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइडरहरूको ध्यानाकर्षण गर्ने कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ माघ २०८१, १५ : १०
लेखकबाट थप