काठमाडौँ । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । संसद् भवन नयाँ वानेश्वरमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको नेतृत्वमा बैठक सुरु भएको हो ।
बैठकमा सदन खुलाउनेबारे छलफल हुनेछ । काँग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ ।
यसमा सत्तारुढ दलहरू सहमत नहुँदा राष्ट्रिय सभाको बैठक समेत प्रभावित हुँदै आएको छ । प्रतिनिधि सभामा उठिरहेको विषय राष्ट्रिय सभामा प्रवेश गराएको भनेर कतिपयले आलोचना गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
संसद् बैठकअघि सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक