‘चङ्गा चेट’ को शिर्ष गीत रिलिज

सफल खबर संवाददाता

मंगलबार, १३ कार्तिक २०७५, १४ : ०७
‘चङ्गा चेट’ को शिर्ष गीत रिलिज

काठमाडौँ । शुक्रवारबाट रिलिजको तरखरमा रहेको फिल्म ‘चङ्गा चेट’ को शिर्ष गीत यूट्युब रिलिज भएको छ । गीतमा कोशिस क्षेत्रीको शब्द, स्वर तथा संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता आयुष्मान देशराज जोशी बाल्यकालको सुखद पल सम्झिएर भावुक देखिएका छन् । 
 
डार्क कमेडी बताइएको फिल्ममा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्तलगायतको अभिनय छ । दीपेन्द्र के. खनाल निर्देशित फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । 
 फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका छन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको फिल्ममा सूर्य ठोकरको द्वन्द्व छ ।

 

प्रतिक्रिया दिनुहोस