काठमाडौ । रुपन्देहीमा एक मजदुरले अर्का मजदुरको हत्या गरेका छन्। सियारी गाउँपालिका–७ हिरागञ्जमा रहेको न्यु कामना इँटा उद्योगमा कार्यरत भारतीय नागरिकको नेपाली मजदुरको कुटपिटबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारतको गोरखपुर घर भएका करिब ४० वर्षीय निष्ठुरी केबट छन्।
कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका –६ घर भएका २० वर्षीया कृष्ण केवटलाई पक्राउ गरेको छ।
कुटपिटबाट गम्भीर घाइते भएका केबटको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो।
मादक पदार्थ खाएपछि उनीहरुबीच झैगडा भएको र त्यही क्रममा कृष्णले निष्ठुरी केवटलाई छाती र टाउकोमा इँटाले प्रहार गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन्।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवरद्वारा भाउजूको हत्या
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा
ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, जंगलमा भेटियो शव
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ