काठमाडौं । श्रमिक तथा आप्रवासनसम्बन्धी कानुन परिमार्जनका लागि अन्तर्राष्ट्रिय दबाबमा रहेको कतार सरकारले रोजगारदाता कम्पनीहरूको विदेशी कामदारमाथिको एक्जिट अनुमति जारी गर्ने अधिकार कटौटी गरेको छ ।
आइतबारदेखि कार्यान्वयनमा आएको सो कानुनअनुसार विदेशी कामदारले कतार छाड्न रोजगारदाताबाट एक्जिट अनुमति लिनुनपर्ने भएको हो ।
कतारी सरकारले गत महिना घोषणा गरेको कानुनले यसअघि सन् २०१५ मा बनेको कानुनी व्यवस्थालाई परिमार्जन गरेको छ । अब रोजगार सम्झौताको अवधि समाप्तिपछि जुनसुकै अवस्थामा पनि विदेशी कामदार रोजगारदाताको अनुमतिविना नै मुलुक छाड्न पाउनेछन् । नयाँ पत्रिकाले खबर छापेकाे छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ कार्तिक २०७५, ०८ : ४१
लेखकबाट थप