काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका छन् ।
यो सहकारीको बचत रकम अपचलन सम्बन्धी मुद्दामा रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौँ जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको आदेश विरुद्ध सरकारले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको थियो ।
आज लामिछाने पनि पुनरावेदनका लागि उच्च अदालत पुगेका हुन् । स्वर्णलक्ष्मी सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको प्रहरीले गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको रिट सर्वोच्चका न्यायाधीश ढुंगानाको इजलासमा
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई लगियो रुपन्देही
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने
‘राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’