काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्वराज अधिकारी अब केहीबेरमा स्थिति नियन्त्रणमा आउने बताएका छन् । ठूलो संख्यामा प्रहरी थप पठाइएको र अन्य युनिटबाट समेत थप टोली आएकाले अब स्थिति नियन्त्रणामा आउने बताए ।
राजावादीहरूले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा तनाव भएपछि उनी आफैं पनि खटिएका थिए । त्यसैगरी प्रशासनले कर्फ्यु लगाएको छ ।
राजावादी समूहले व्यक्तिको घरमा आगजनी र तोडफोड समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, १६ : २९
लेखकबाट थप