रेमिट्यान्स वृद्धिदर बढ्दै

पत्रपत्रिकाबाट

आइतबार, ११ कार्तिक २०७५, ०७ : ३९
रेमिट्यान्स वृद्धिदर बढ्दै

काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको समाचार आजको कान्तिपुरको अर्थ वाणीज्य पृष्ठमा छापिएको छ । 

गत वर्षको सोही अवकिो तुलनामा यो करिब ३४ प्रतिशतको वृद्धि हो । गत वर्ष भदौसम्म रेमिट्यान्समार्फत एक खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको थियो । 

चालू आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च दरले बढ्न थालेको छ । साउनमा रेमिट्यान्स वृद्धिदर ३३.१ प्रतिशत थियो । भदौमा यस्तो वृद्धिदर बढेर ३४ प्रतिशत हाराहारीमा पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।
पछिल्ला दुई वर्षयता रेमिट्यान्स वृद्धिदर घट्दो क्रममा थियो । 

प्रतिक्रिया दिनुहोस