एजेन्सी । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिग लिडर लिभरपुलसँग बराबरी गर्दै अंक खोस्न सफल भएको छ।
आइतबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल र युनाइटेडले २–२ को बराबरी गर्दै अंक बाँडेका हुन्।
सन् १९७९ पछि पहिलोपटक लगातार चारवटा लिगमा हारबाट जोगिन खोजेको युनाइटेडले लिभरपुलसँग बराबरी गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चारै गोल दोस्रो हाफमा सम्भव भए।
खेलको ५२औँ मिनेटमा ब्रेनो फर्नान्डेजको पासमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए। तर ५९औँ मिनेटमा कोडी गोक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए।
खेलको ७०औँ मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले २–१ को अग्रता बनायो। तर ८०औँ मिनेटमा अमाद डिलाओले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुबै टोलीले अंक बाँडे।
बराबरीसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले १९ खेलबाट ४६ अंक बनाएको छ। लिभरपुलभन्दा एक खेल बढी खेलेको युनाइटेड भने २३ अंकसहित १३औँ स्थानमा छ।
गएरातिकै अर्को खेलमा फुल्हाम र इप्सविच टाउनले २–२ को बराबरी गर्दै अंक बाँडेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ पुस २०८१, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
ब्रेन्टफोर्डमाथि म्यानचेस्टर युनाइटेडको कमब्याक जित