काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) आज पनि घटेको छ । साताभर घटेको बजार परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको हो । आज बजार परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ अंकमा पुगेको हो । आज बजारमा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बजारमा आज १७५ कम्पनीको मूल्य घटेको घट्दा ६२ कम्पनीको मूल्य बढेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ । आज बजारमा जीवन बीमा समूहमा सामान्य वृद्धि हुनु बाहेक अरू सबै परिसूचक घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक १.३५ प्रतिशतले घटेको देखिन्छ ।
बजारमा आज मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर सर्किट लेभलमा घटेको छ । डोल्टी पावर कम्पनीको ७.४५ प्रतिशत वृद्धि नै आजको सबैभन्दा ठुलो वृद्धि रहेको छ । बजारमा आज नेपाल पुनर्बीमा कम्पनीको २८ करोड तथा हिमालयन पुनर्बीमा कम्पनीको २२ करोडको कारोबार हुँदा ती कम्पनीहरू सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा छन् ।
सबैभन्दा धेरै सेयर कारोबार घलेम्दी हाइड्रोको हुँदा सबैभन्दा धेरै पटक सेयर कारोबार हुने कम्पनी आज पनि गार्डियन लाइफ बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार
नेप्से परिसूचक आठ अङ्कले घट्यो
सेयर बजार २६७० अंकमा
बढ्यो सेयर बजार
३.४४ अंकले घट्यो सेयर बजार
ट्रम्पको कर नीतिले ठूला सेयर बजार लागे ओरालो