मिनि क्राफ्ट बनाईरहेका सरोज चेपाङलाई पाइलट प्रमोदले दिए सरप्राईज !

शनिबार, १० कार्तिक २०७५, १७ : ०४
मिनि क्राफ्ट बनाईरहेका सरोज चेपाङलाई पाइलट प्रमोदले दिए सरप्राईज !

चितवन । मिनि क्राफ्ट बनाउदै गरेका सरोज चेपाङलाई दशैंलगत्तै अमेरिकाबाट एक व्यक्ति उनलाई भेट्न उनकै घरमा पुगे । सरोजलाई भेट्न पुगेका व्यक्ति थिए पाईलट प्रमोद रेग्मी । घरमा पुगेका प्रमोदले आफ्नो परिचय दिदाँ सरोज तीन छक परे । प्यारा मोटरको सफल उडानपछि चेपाङ मिनि क्राफ्ट बनाई रहेका छन् । प्यारा मोटरको सफल उडान गरेपछि राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाएका सरोजले ।
उनको यो कामलाई सुनेर प्रमोद नेपाल आएका बेला सरोज भएकोसम्म पुगे । प्रमोदलाई त्यहाँसम्म पुर्याएका थिए सामाजिक अभियान्त महाविर पुनले । पाईलट रेग्मीले लामो समयदेखि अमेरिकामा रहेर जहाजहरु निर्माण गर्दै आईरहेका छन् ।
सरोजले मिनि क्राफ्ट निर्माणका क्रममा देखिएका समस्याहरुको बारेमा रेग्मीलाई सुनाएका थिए । भेटघाटका क्रममा प्रमोदेले ‘सरोज जस्ता प्रतिभालाई राज्यले प्रोत्साहन दिन नसकेको बताए । राज्यले सरोज जस्ता प्रतिभाहरुलाई पहिचान गर्न आवश्यक रहेको भन्दै रेग्मीले यस्ता विषयमा सरकारलाई चासो लिएर प्रतिभाहरुलाई अवसर प्रदान गर्न आग्रह समेत गरे ।
भेटका क्रममा सरोजले आर्थिक अभावका कारण मिनि क्राफ्ट निर्माणमा समस्या परेको सुनाए । केहि सहयोगहरु आएको भएपनि त्यो प्रयाप्त नभएको भन्दै दुखेसो गरे । सरोजले चितवनकै आकाशमा पर्यटकलाई घुमाउने आफ्नो ठुलो चहाना रहेको र पुनलाई सुनाएका थिए । 

 

प्रतिक्रिया दिनुहोस