१८ जना नेपाल सरकारको सहसचिवमा बढुवा

सफल खबर संवाददाता

शुक्रबार, १९ पुस २०८१, १० : १६
१८ जना नेपाल सरकारको सहसचिवमा बढुवा

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले १८ जनालाई सहसचिवमा बढुवा गरेको छ ।

योग्यताक्रमका आधारमा उम्मेदवारहरूलाई बढुवाको लागि सिफारिस गर्ने निर्णय भएकोले सचिवालयले जनाएको छ ।

सहसचिवमा बढुवा हुनेहरूमा प्रेम प्रसाद लुइँटेल, राम दत्त पाण्डेय, लक्ष्मण ढकाल, विनीता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, लोक बहादुर सुनार, जगदीश्वर उपाध्याय रहेका छन् । 

त्यसैगरी नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ, कृष्ण बहादुर शाही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस