कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, ०८ : ३९
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा

काठमाडौ । कृषि मन्त्रालयका एक सहसचिव (प्राविधिक) लाई सेवाबाट हटाइएको छ ।

बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा ९० दिनभन्दा बढी समय अनुपस्थित भएपछि सहसचिव डा कमलराज गैरेलाई मन्त्रिपरिषद् बैठकले सेवाबाट हटाउने निर्णय गरेको हो । 

जसअनुसार मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै भविष्यमा सरकारी सेवामा अयोग्य नरहने गरी सेवाबाट हटाउने निर्णय भएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस