छोटो सयममै सहसचिव फेरबदल हुँदा प्रशासन अस्थिर

सफल खबर संवाददाता

सोमबार, ३१ भदौ २०८१, ०८ : ३६
छोटो सयममै सहसचिव फेरबदल हुँदा प्रशासन अस्थिर

काठमाडौ । सरकारले ठूलो संख्यामा सहसचिवको सरुवा गरेको छ।

केही दिन अघिमात्रै ५९ जना सहसचिवको सरुवा गरेको सरकारले फेरि ४० जना सहसचिवको एकैपटक सरुवा गरेको छ। गत बिहीबारको मन्त्रिपरिषद्ले सहसचिव सरुवाको निर्णय गरेको भनिए पनि सहसचिवको सरुवा सूची भने आइतबारमात्रै सार्वजनिक गरिएको हो।

सरकारले सहसचिव सरुवामा कुनै स्पष्ट नीति र मापदण्ड बनाउन सकेको छैन। सहसचिवहरू राजनीतिक निकटताका आधारमा सरुवा हुने गरेको आरोप लाग्दै आएको छ। केही सहसचिवहरूको दुई तीन महिनामा नै सरुवा भएकाले त्यस्ता सरुवा हचुवामा हुने गरेको आरोप लाग्ने गरेको छ।

यसरी नीतिगत तहमा समेत महत्वपूर्ण भूमिका खेल्ने सहसचिवको सरुवा हचुवाका आधारमा छिटो छिटो हुँदा प्रशासन अस्थिर बन्न पुगेको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस