काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुको सरुवा गरेको छ ।
मन्त्रालयले सोमबार(आज) मन्त्रालय तथा अन्तर्गत कार्यरत २५ जना सहसचिव र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुर, काभ्रेपलान्चोक, सुनसरी, नवलपरासी(व.सु.पु.), ईलाम, चितवन, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, भोजपुर, कञ्चनपुर, सर्लाही, सप्तरी, कास्की र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो । ती जिल्लाहरूमा मन्त्रालय तथा विभागमा कार्यरत सहसचिवहरूलाई पठाइएको हो ।
जिल्लाको चाप र परफरमेन्स अनुसार रिक्त जिल्लामा पदपूर्ति गर्नुका साथै केही जिल्लामा सरुवा गरिएको गृहले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ जना नेपाल सरकारको सहसचिवमा बढुवा
परराष्ट्रका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस
छोटो सयममै सहसचिव फेरबदल हुँदा प्रशासन अस्थिर
अर्थका १५ जना सहसचिवको जिम्मेवारी हेरफेर, काे कहाँ ?
तीन सहसचिव सचिवमा बढुवा
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा