अर्थका १५ जना सहसचिवको जिम्मेवारी हेरफेर, काे कहाँ ?

सफल खबर संवाददाता

आइतबार, ०२ भदौ २०८१, १२ : २५
अर्थका १५ जना सहसचिवको जिम्मेवारी हेरफेर, काे कहाँ ?

काठमाडौं । अर्थ मन्त्रालयले १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा ८ जना नयाँ सहसचिव पठाएपछि जिम्मेवारी तोक्ने र हेरफेर गर्ने काम भएको हो ।

सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन् । रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ । ५९ जना सहसचिव सरुवा हुँदा भन्सारका महानिर्देशक ढुण्डीराज निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको थियो ।

दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा नियुक्त गरिएको छ । कविता रेग्मी र गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।

रमेश अर्याल ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेका छन् । पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ ।

यसैगरी यमुना प्रधान र जनकराज शर्मा भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ । डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।

उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा हेर्ने जिम्मेवारी तोकिएको छ । मदन दाहालले अर्थमन्त्रालयकै प्रशासन महाशाखा हेर्ने जिम्मेवारी पाएका छन् ।

थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखामा राखिएको छ । महेश भट्टराईले अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखामा जिम्मेवारी पाएका छन् । अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गत राखिएको छ ।

यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस