काठमाडौं । सभामुख देवराज घिमिरेले जिमी कार्टरको निधनप्रति शोक व्यक्त गरेका छन् । घिमिरेले शोक वक्तव्य निकालेर कार्टरले नेपालको शान्ति प्रक्रियामा पुर्याएको योगदान सधैं प्रेरणादायी रहने बताएका छन् ।
संयुक्त राज्य अमेरिकाका ३९औं राष्ट्रपति तथा २००२ का नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ ।
‘कार्टरले नेपालको शान्ति प्रक्रियासँगै मानव अधिकार, तथा गरिबी निवारणका क्षेत्रमा पुर्याउनुभएको योगदान सधैं प्रेरणादायी रहनेछ’, सभामुखले भनेका छन् । उनी अगाडि लेख्छन्, ‘नेपालको शान्ति प्रक्रियाको चुनौतीपूर्ण समयमा कार्टर सेन्टरको सक्रिय भूमिकाले सहमति र संवादको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको थियो ।’
कार्टरले द्वन्द्वको समाधान, मानव अधिकारको प्रवद्र्धन र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै नेपाली जनतालाई शान्ति र समृद्धिको मार्गचित्रमा अगाडि बढ्न प्रेरित गरेको सभामुखले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे