भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव यचुरीद्वारा चन्द्रागिरि अवलोकन

शुक्रबार, ०९ कार्तिक २०७५, १७ : २८
भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव यचुरीद्वारा चन्द्रागिरि अवलोकन

काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीलेचन्द्रागिरि केबलकारको शुक्रबार अनौपचारिक भ्रमण गर्नुभएको छ । भ्रमणमा आउनु भएका महासचिवलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् महाप्रवन्धक अभिषेक विक्रम शाहले  स्वागत गदै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।
भ्रमणका क्रममा यचुरीले चन्द्रागिरिको स्वच्छ वातावरणबाट आफू अतन्त्य प्रभावित भएको जनाउदै चन्द्रागिरिबाट सुन्दर हिमालहरुको दृश्यावलोकन गर्न पाउँदा आफुलाइ अत्यन्तै खुशी लागेको प्रतिकृया दिनुभयो ।
साथै प्यागोडा शैलिमा पुन : निर्माण गरिएको भालेश्वर महादेवको मन्दिर अर्को उत्कृष्ट विशेषता रहेको औल्याउनुभयो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस