सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

सफल खबर संवाददाता

शनिबार, १३ पुस २०८१, ११ : ०२
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

काठमाडौँ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। उनका भाइ गजेन्द्र वस्तीका अनुसार हृदयाघात (हार्ट अट्याक) का कारण गएराति उनको निधन भएको हो।

काठमाडौँको नयाँबजारस्थित आफ्नै निवासमा गएराति हृदयाघात भएपछि पूर्वन्यायाधीश वस्तीलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले त्यहाँ पुग्नेबित्तिकै मृत घोषणा गरे।

हाल पूर्वन्यायाधीश वस्तीको पार्थिव शरीर नर्भिक अस्पतालमै छ।

प्रतिक्रिया दिनुहोस