बाली नोक्सान भएपछि कृषकले गरे आत्महत्या

एजेन्सी

शुक्रबार, ०९ कार्तिक २०७५, १३ : ३९
बाली नोक्सान भएपछि कृषकले गरे आत्महत्या

भवानीपट्ना । भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् । 

स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो । श्रीमतीको सुनका गरगहना धितो राखेर लिएको ३५ हजार भारु ऋण पनि डुबेको थियो । 

परमानन्दलाई स्थानीयबासीले उपचारका लागि नजिकको अस्पताल तत्कालै पु¥याए पनि बचाउन सकिएको थिएन । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस