एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो

सफल खबर संवाददाता

बुधबार, १० पुस २०८१, १९ : १४
एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो

काठमाडौँ । नेकपा एमालेले पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।

बुधबार बसेको सचिवालय बैठकले १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग भिडेका रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो ।

यसैबीच एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।

एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले तीनै जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यति बेला एमालेले स्पष्टीकरण सोधेको हो।

प्रतिक्रिया दिनुहोस