एकताको चार महिनापछि बल्ल नेताहरूको कार्यविभाजन तयारी

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ कार्तिक २०७५, ०८ : १७
एकताको चार महिनापछि बल्ल नेताहरूको कार्यविभाजन तयारी

काठमाडौं । पार्टी एकीकरण भएको चार महिनापछि नेकपाले बल्ल नेताहरूको कार्यविभाजन तयारी गरेको छ । एकतापछि झन्डै साढे चार सय केन्द्रीय सदस्य रहे पनि जिम्मेवारी दिइएको छैन ।

सचिवालयको बिहीबारको बैठकले कार्यविभाजनको प्रस्ताव तयार गर्न कार्यदल बनाएको हो । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस