काठमाडौं । नेपाल विद्यार्थी संघको उमेर हदको विषयलाई लिएर विवाद बढेपछि स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित बन्दै गएको छ ।
कांग्रेसभित्रको संस्थापन पक्षले नेविसंघ विधानमा ३२ वर्षे उमेर हद लगाउने बहुमतले निर्णय गरेपछि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । जसका कारण ५ देखि ९ मंसिरका लागि तय भएको महासमितिसमेत सर्ने सम्भावना बढ्दै गएको छ ।
१६ कात्तिकअघि केन्द्रीय समिति बैठक बस्ने अवस्था नरहेकाले तोकिएकै मितिमा महासमिति हुने सम्भावना घट्दै गएको संस्थापन पक्षकै एक नेताले बताए । राजधानी दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ कार्तिक २०७५, ०८ : १३
लेखकबाट थप